बजेट अभावमा कर्णालीका खानेपानी योजना रोकिँदैनन् : मन्त्री यादव
सुर्खेत । खानेपानीमन्त्री प्रदीप यादवले बजेट अभावका कारण संघीय खानेपानी आयोजना अन्तरगतका योजनाहरू नरोकिने बताएका छन् ।
कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको ग्रामीण खानेपानी सेवा सहायता केन्द्र “सेवा सहायता केन्द्र” शुभारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
‘म यहाँका जनप्रतिनिधि र स्थानीयवासीहरुलाई विश्वास दिलाउन चाहन्छु, संघीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका डिपिआर भएका कुनै पनि योजनाहरू पैसा अभावमा रोकिने छैन’ उनले भने, ‘बजेट रकमान्तर गरेर भएपनि म यहाँका योजनाहरुको टेण्डर आह्वान गर्छु, म कर्णालीवासीका सुख दुःखमा साथ दिने छु ।’
मन्त्री यादवले कर्णाली प्रदेशसहितका बिकट क्षेत्रका आम नेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन आफू लागि परेको दाबी समेत गरे ।
मन्त्री यादवले स्वच्छ खानेपानी सहितको एक घर एक धाराको अवधारणालाई अघि सारेर आफूले काम अगाडि बढाएको भन्दै दुर्गम क्षेत्रका आम नागरिकलाई स्वच्छ पानी दिनु आफ्नो प्रमुख लक्ष रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण