रास्वपाले भन्यो– मतदाताहरूमा वितृष्णा तथा निराशा देखियो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएको छ । रास्वपा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले सोमबार विज्ञप्ति जारी गर्दै नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएका हुन् ।
लोकतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको आवधिक निर्वाचनमा सहभागी हुने औसत मतदाता घट्दो क्रममा रहेको रास्वपाले उल्लेख गरेको छ । रास्वपाले मतदाताहरूलाई मतदानमा सहभागी हुन प्रेरित गर्नका साथै निर्वाचित जनप्रतिनिधिहरुले निभाउनुपर्ने भूमिका र गर्नुपर्ने कार्यसम्पादनका सम्बन्धमा पार्टी सचेत रहेको पनि उल्लेख गरेको छ ।
आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा रास्वपाका उम्मेदवारलाई मत दिएकोमा मतदाताहरूलाई धन्यवाद दिएको छ ।
यस्तै रास्वपाले स्थानीय तहको निर्वाचनमा सहभागी भएको पहिलो अवसर भएको भन्दै पार्टीका लागि यो नयाँ अनुभव रहेको बताएको छ ।
काठमाडौं महानगरपालिका वडा नं.१६ मा वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठको विजयीले महिला वडाध्यक्ष प्रवेश गराउन सफल भएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण