एमालेले दानमा पाएको जग्गासम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा

काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको छ।
व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएपछि यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।
२०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि यो मुद्दामा पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएपछि दर्ता गरेको थियो । दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो । आज पनि दुवै न्यायाधीशको इजलासमा धेरै मुद्दाको पेसी परेकाले सुनुवाइ नहुन सक्ने देखिन्छ । यसअघि पनि यो विवाद न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएर हेर्न नभ्याइने भएको थियो ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओली र जग्गादाता गुरुङले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?