कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउँदै
काठमाडौँ । नयाँ कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउने भएको छ । कमेडियन दिनेश काफ्लेले आफ्नो निर्देशनमा यो शो ल्याउन लागेका हुन् ।
शोमा क्यारिकेचर कमेडियनहरु सहभागी हुन सक्नेछन् । दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्ने यो शोको अहिले सेट डिजाइनको काम भइरहेको छ । निर्देशक काफ्लेका अनुसार शो आगामी फागुनसम्म प्रसारण गर्ने तयारी भइरहेको छ । शोको डिजिटल राइट्समा ओएसआर डिजिटले लिएको छ भने कुनै एक राष्ट्रिय टेलिभिजनमार्फत कार्यक्रम प्रसारण तयारी भैरहेको काफ्लेले बताए ।
‘हामी अहिले स्टुडियोको काममा ब्यस्त छौं, शो नेपालका लागी मात्र नभई वल्र्डमै फरक हुनेमा ढुक्क छौं । हामीले बुझे अनुसार मिमिक्री गर्नेहरूका लागी छुट्टै शो बनेको छैन’ काफ्लेले थपे ।
शोको छिट्टै हामी डिजिटल अडिसन समेत खुल्नेछ । शोमा तीन निर्णायक हुनेछन् । निर्णायक अहिले छनौटको क्रममा छन् । मिमिक्रीसँगै अभिनय गर्नेहरुलाई लक्षित गरेर निर्णायक टिम बनाउने योजनका निर्माण टिमको छ ।
शोको बिजेतालाई एक कार र नगद उपहार प्रदान गरिने घोषणा गरिएको छ । साथै विजेताले विदेशका केही कार्यक्रममा प्रस्तुति दिने अवसर समेत निर्देशक काफ्लेले जनाकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण