१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
सारांश
- बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ४ अध्यादेश संघीय संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरणपछि कानुन बनेका छन् ।
- आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ, जसले सरकारको आलोचना भएको छ ।
- सर्वोच्च अदालतले पूर्वन्यायाधीश र पूर्वसैनिकहरूको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ ।
१. सिंहदरबारमा आइसब्रेक
२०८२ फागुनको निर्वाचन परिणामले नेपालको निजी क्षेत्रमा बेग्लै उत्साह र अपेक्षा जगाएको थियो । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ बहुमत हासिल गरेको परिस्थिति र बालेन्द्र (बालेन) शाहको नेतृत्वमा सरकार गठन भएसँगै काम गर्ने वातावरण बन्न सक्ने उनीहरूको विश्वास थियो ।
अब प्रणाली परिवर्तन हुने, कर्मचारीतन्त्रको झन्झट हट्ने र लगानीको नयाँ युग सुरु हुने उद्योगी–व्यवसायीहरूले अपेक्षा गरेका थिए । लगानीकर्ताहरूले बालेनको प्रधानमन्त्रीत्वलाई आर्थिक क्रान्तिको सुरुआतका रूपमा हेरेका थिए । सबै आशंका पछिल्लो छलफलले मेटिएको छ ।
२. अध्यादेश बन्यो कानुन
बालेन्द्र शाह नेतृत्वको सरकारले गत बैशाखमा जारी गरेका ४ अध्यादेश कानुन बनेका छन् । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि बालेन सरकारले ल्याएका ४ अध्यादेश ऐनमा रूपान्तरित भएका हुन् ।
३. गणेश नेपाली मृत्यु
आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको हो । उनको मृत्युले सरकारको आलोचना भएको छ भने राजनीतिक तरंगित बनेको छ ।
४. सम्पत्ति छानबिनबारे सर्वोच्च
सर्वोच्च अदालतले पूर्वन्यायाधीश र पूर्वसैनिकहरूको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न अन्तरिम आदेश जारी गरेको छ ।
सरकारले गठन गरेको ‘सम्पत्ति जाँचबुझ छानबिन आयोग’ ले यी विशिष्ट क्षेत्रका व्यक्तिहरूमाथि छानबिन गर्न खोज्नु संवैधानिक व्यवस्थाको प्रतिकूल हुने भन्दै सर्वोच्चले गम्भीर प्रश्न उठाएको हो ।
५. कांग्रेसको मुद्दा
नेपाली कांग्रेसले प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
कांग्रेसले शुक्रबार दर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी ३१ गतेका लागि पेसी पनि तोकेको छ ।
६. घटनाको विरोध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाले रान्यलाई गिज्याइरहेको बताएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक वासना थापाले राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आएको बताइन् ।
नेकपा एमालेले आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैँ निमुखा नागरिकको गाँस र बास खोस्न उद्यत हुनु अत्यन्तै विडम्बनापूर्ण र निन्दनीय कार्य भएको बताएको छ ।
७. निजामती सेवा नियमावली संशोधन
निजामती कर्मचारीले अब आफ्नो पीरमर्का र गुनासो राखेर सुनुवाइको माग गर्न नपाउने भएका छन् । सरकारले निजामती सेवा नियमावली, २०५० मा १६औँ संशोधन गरी कर्मचारीको ‘पीरमर्का, गुनासो र सुनुवाइसम्बन्धी व्यवस्था’ हटाएको हो ।
बिहीबार राजपत्रमा प्रकाशित भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ‘निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३’ मा निजामती सेवा नियमावली, २०५० को नियम ११७ ‘क’, १३३ ‘क’ र अनुसूची १७ ‘ग’ खारेज गरिएको उल्लेख छ ।
८.स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स
९.इन्कारी बयान
ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृतमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्ट असार २२ मा पक्राउ परेका थिए । प्रहरी वृत्त सातदोबाटोले उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ को सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। सो कसुर अन्तर्गतको मुद्दाको सुनुवाइ प्रमुख जिल्ला अधिकारीले गर्छन् । कसुर पुष्टि भएमा ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था छ ।
१०. सेयर बजार
यस साता सेयर बजारमा निराशाजनक प्रवृत्ति देखिएको छ। उपलब्ध ६ दिनको कारोबार तथ्याङ्कलाई हेर्दा बजार जम्मा एक दिन मात्र बढेको छ भने बाँकी ५ दिन सूचक ओरालो लागेको छ ।
अघिल्लो कारोबार दिनमा २६५३.४० विन्दुमा रहेको बजार सूचक, यस साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा २६००.७८ विन्दुमा झरेको छ। यसरी हेर्दा समग्र सातामा बजार करिब ५२.६२ अङ्कले घटेको छ ।
११. अर्को आत्मदाह प्रयास
सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याइएको छ। गोडैता नगरपालिका–१० का विवेक मण्डललाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सर्लाहीका एसपी रविन्द्र पौडेलले जानकारी दिए ।
१२. सुकुमबासी समस्या
बालेन्द्र शाह नेतृत्वको सरकारले गत बैशाखमा जारी गरेका ४ अध्यादेश कानुन बनेका छन् । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) बाट पारित भएर राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएपछि बालेन सरकारले ल्याएका ४ अध्यादेश ऐनमा रूपान्तरित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण