लागुऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
मङ्गलबार, १८ मङ्सिर २०८१, १२ : ४१
काठमाडौँ । अवैध लागुऔषधसहित विभिन्न स्थानबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
- दाङ, दंगिशरण गाउँपालिका-३ राउतगाउँबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय आकाश कँडेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हेकुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १ सय ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित अछाम साँफेबगर नगरपालिका-३ बस्ने ३० वर्षीय चन्द्र बहादुर बुढालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
- मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २२ वर्षीय धिरज गुरूङ र २४ वर्षीय नवराज मगरलाई २ ग्राम ४० मिलिग्राम तथा कटहरी गाउँपालिका-१ बस्ने २४ वर्षीय आकाश परियार समेत २ जनालाई १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद ४ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।
- डडेल्धुरा, भागेश्वर गाउँपालिका-३ बिरखम बस्ने ६० वर्षीया जसु देवि भट्टलाई अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ८७ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बगरकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण