लामो समयसम्म एन्टीबायोटिकको सेवनले बढाउँछ पार्किन्सन्सको खतरा
काठमाडौँ । लामो समयसम्म एन्टिबायोटिकको सेवन गर्दा पार्किन्सन्स रोगको जोखिम बढ्न सक्ने एक अध्ययनले देखाएको छ । एसियामा बस्ने मानिसहरूमा यी निष्कर्षलाई प्रमाणित गर्न दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटी अस्पतालका अन्वेषकहरूले सन् २००४ देखि सन् २००५ को बिचमा राष्ट्रिय स्वास्थ्य परीक्षण गराएका ४० वर्ष र सोभन्दा बढी उमेरका २ लाख ९८ हजार ३७९ जनाको तथ्यांक केलाएका थिए ।
न्यूरोलोजी क्लिनिकल प्र्याक्टिस जर्नलमा प्रकाशित उक्त निष्कर्षले एन्टिबायोटिक प्रयोग नगर्ने मानिसको तुलनामा १२१ दिनभन्दा बढी समयसम्म एन्टिबायोटिक प्रयोग गर्नेहरूमा पार्किन्सन्सको जोखिम २९ प्रतिशत बढी हुने देखाएको थियो । यस बाहेक पनि १ देखि १४ दिन मात्रै प्रयोग गर्ने मानिसका तुलनामा १२१ दिनभन्दा बढीसम्म एन्टिबायोटिक प्रयोग गर्नेहरूमा पार्किन्सन्स रोगको खतरा ३७ प्रतिशत धेरै हुने पाइयो ।
कारण र सम्बन्ध पुष्टि गर्न अरू अध्ययन गर्नुपर्ने जरुरी भएको भन्दै अनुसन्धानकर्ताहरूले लामो समयसम्म एन्टिबायोटिक्सको प्रयोग पार्किन्सन्स रोगका मामिलाहरूसँग जोडिएको बताएका छन् । पार्किन्सन्स एक न्यूरोलॉजिकल विकार हो जसले मानव हिडडुललाई असर गर्छ । यसमा बिरामीलाई काम छुट्ने, अररो हुने, सन्तुलनमा कठिनाईजस्ता समस्याहरू हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण