एनपीएलमा पार्किङ शुल्क उठाएको भन्दै त्रिवि स्ववियु कार्यालयमा ताला
काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनहरूले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कार्यालयमा ताला लगाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पार्किङ शुल्क उठाइरहेको भन्दै ताला लगाएका हुन् ।
अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौँ), अखिल (समाजवादी) र नेपाल समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा स्ववियु कार्यालयमा ताला लगाएका हुन् ।
स्ववियुले एक्लौटी निर्णय गरी पैसा कमाउने र निकटका विद्यार्थीलाई परिचालन गरी अपारदर्शी ढङ्गबाट भौचर कटाई पार्किङको नाममा शुल्क उठाइरहेको आरोप लगाएको । उद्घाटनको दिन उठाएको शुल्क अवैधानिक भएको भएको उनीहरूको दाबी छ ।
पार्किङ शुल्क उठाई विश्वविद्यालय र विद्यार्थीहरूको साझा संस्था स्ववियुको गरिमामाथि आँच आउने कार्य गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । स्ववियुले गरेको उक्त अपरिपक्व कार्यप्रति आपत्ति जनाउँदै घोर भर्त्सना गरेका छन् ।
अवैधानिक गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न समेत माग गरेका छन् । छानबिनको माग गर्दै स्ववियु कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको सङ्गठनहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
उक्त कार्यमा संलग्न व्यक्ति र गतिविधिमाथि छानबिन गरी कारबाहीको दायरामा नल्याए थप आन्दोलनका गतिविधिहरू सञ्चालन गर्ने चेतावनी दिएका छन् ।
देशको प्रतिष्ठाको रूपमा सञ्चालन भइरहेको एनपीएलमा खेल अवधिभरी सवारी साधनहरूको निःशुल्क पार्किङको व्यवस्थापन गर्न समेत सम्बन्धित निकायसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार