प्रधानमन्त्रीको चीन भ्रमण फलदायी हुन्छ, बीआरआईबारे अहिले बोल्नु हतार हुन्छ : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गरेका छन् ।
चीन भ्रमणको विषयमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको भएपनि त्यो सत्य नरहेको उनले बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा विभिन्न परियोजनाबारे औपचारिक छलफलहरू जारी रहेको उल्लेख गर्दै बीआरआई परियोजनाबारे अहिले नै बोल्नु गलत हुने बताए । उनले बीआरआई परियोजनाबारे ज्वाइन्ट स्टेटमेण्ट आएपछि मात्र सबै कुराको जानकारी पाइने बताए । उनले बीआरआई परियोजना राष्ट्रिय स्वार्थको विषय भएकाले अग्राधिकार दिएर अघि बढ्ने कुरामा नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमतिको दस्ताबेज तयार भएको बताए ।
मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले बीआरआईलाई लिएर कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने भ्रम फैल्याइएपनि आफूहरू सहमतिमै अघि बढेको जिकिर गरे ।
उनले भने, ‘खासगरी बीआरआईलाई हेर्ने सन्दर्भमा बाहिर अनेक ढंगले अड्कलबाजीहरु भइरहेका थिए । बीआरआईका सम्बन्धमा कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने ढंगले पनि कुराहरु बाहिर आइरहेका थिए । त्यस्तो होइन हामी राष्ट्रिय स्वार्थको विषयलाई अग्राधिकार दिएर अगाडि बढ्छौँ कांग्रेस र एमालेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ खालको सहमतिको दृष्टान्त हो स्थापित गरेका छौँ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको पहिलो भ्रमण आवश्यकताको आधारमा जुनसुकै मित्रराष्ट्रको हुनसक्ने कुरामा कांग्रेस र एमालेबिच एकमत रहेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमण मूलतः राजकीय भ्रमण भएपनि पार्टीगत सम्बन्ध पनि सुमधुर हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘चीन र नेपालबिचको सम्बन्धको विषयलाई तीन वटा आयामबाट हेर्न जरुरी छ । एउटा, राजकीय सम्बन्ध, अर्को कम्युनिस्ट पार्टीहरूबिचको सम्बन्ध र जनस्तरको सम्बन्ध । यो तीन विषयका हिसाबले नेपाल–चीन सम्बन्धलाई बुझ्नुपर्छ जस्तो लाग्छ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले कांग्रेस र एमाले आवश्यकताको आधारमा छिमेकी देशको भ्रमण गर्ने पक्षमा रहेको बताए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच विभिन्न समझदारी पत्रमा हस्ताक्षर भएका छन् । जसमा भैँसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षरदेखि नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी सम्झदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।
चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको ‘फ्रेमवर्क अफ बेल्ट एण्ड रोड कोअपरेसन’ सम्झौतामा दुवै देशले चासो दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण