काठमाडौँ महानगरका ८३ जना प्रहरीलाई आधारभूत तालिम प्रदान
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका ८३ जना नगर प्रहरी जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ । कार्तिक ६ गते सुरु भएको तालिम मंसिर १७ गते सकिएको हो ।
तालिम समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले प्रमाणपत्र प्रदान गरेका थिए । यो दोस्रो चरणको तालिम हो । भदौ ४ गतेदेखि पहिलो चरणको तालिम सुरु गरिएको थियो । असोज १० गते सकिएको यो चरणको तालिममा ११० जना जवानलाई सहभागी गराइएको थियो । यसरी २ चरमा १९३ जना जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ ।
नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक बनाउन, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि तालिम प्रदान गरिएको हो ।
तालिममा शारीरिक तन्दुरुस्ती, कवाज, विशिष्ट पदाधिकारी र उनीहरू सम्बद्ध कार्यक्रम व्यवस्थापन, पब्लिक अर्डर म्यानेजमेन्ट, म्याप रिडिङ्, पुलिस प्याकेज, अनआर्म कम्व्याट, आपत्कालीन उद्धार, ट्राफिक व्यवस्थापन, मानव अधिकारलगायत विषयमा कक्षा सञ्चालन गरिएको थियो ।
प्रमाणपत्र वितरण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले नगर प्रहरीको पेसागत दक्षता र सांगठनिक नेतृत्व वृद्धि भएको तथा पदीय दायित्व निर्वाह गर्न क्षमता विकास भएको अपेक्षा व्यक्त गरे ।
तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले, केन्द्रबाट नगर प्रहरीलाई दिइएको यो पहिलो तालिम भएको उल्लेख गरे । यो तालिम शान्ति सुरक्षा र अमनचैनका लागि क्षेत्रगत सुरक्षाकर्मीहरूका बिचमा समन्वयको थालनी भएको उनको भनाइ थियो ।
सहरी सुव्यवस्थापनका नगर प्रहरीको क्षमता र दक्षता बढाउन तालिम कार्यक्रम सञ्चालन भइरहेका छन् । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘आउँदो कार्तिक ३ गतेदेखि अर्को समूहलाई तालिमका लागि पठाउनेछौँ ।’
यसपटक ३० दिन अवधिको तालिममा ७१ जना पुरुष र ३९ जना महिला प्रहरी सहभागी थिए ।
समापन कार्यक्रममा प्रशासन विभागका प्रमुख नमराज ढकाल, मानव संसाधन महाशाखा प्रमुख प्रवीण प्याकुरेलसहित अधिकारी सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण