बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक वेस्ट इन्डिजलाई उसैको घरमा हरायो
काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली बंगलादेश विजयी भएको छ । किङ्सटनमा सम्पन्न दोस्रो टेस्टमा बंगलादेशले घरेलु टोली वेस्ट इन्डिजलाई एक सय एक रनको फराकिलो अन्तरले हराएको हो ।
जितसँगै दुई टेस्टको शृंखला १–१ को बराबरीमा सकिएको छ । यसअघि खेलिएको पहिलो टेस्टमा वेस्ट इन्डिजले बंगलादेशलाई दुई सय एक रनले हराएको थियो । आपसी भिडन्तको १५ वर्ष लामो इतिहासमा बंगलादेशले पहिलो पटक वेस्ट इन्डिजलाई उसैको घरेलु मैदानमा हराएको हो ।
दुई सय ८७ रनको लक्ष्य पछ्याउँदै दोस्रो पाली खेल्न आएको वेस्ट इन्डिजको टोली एक सय ८७ रनमै अलआउट भएपछि बंगलादेशले एतिहासिक जित हात पारेको हो । दोस्रो पालीमा वेस्ट इन्डिजका लागि काभेम हजले सर्वाधिक ५५ रन बनाए ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान क्रिग ब्राथवेटले पनि ४३ रन जोडेका थिए । वेस्ट इन्डिजलाई लक्ष्यसम्म पुग्न नदिन बंगलादेशी बलर तैजुल इस्लाम एक्लैले पाँच विकेट लिए । उनले १७ ओभरमा पाँच मेडन राख्दै ५० रन खर्चिए ।
हसन महमुद र ताक्सिन अहमदले पनि दुई–दुई विकेट हात पारे । नाहिद राणाले पनि एक विकेट लिए । त्यसअघि बंगलादेशी टोलीले आफ्नो दोस्रो पालीमा दुई सय ६८ रन बनाएको थियो । दोस्रो पालीमा बंगलादेशका लागि जाकेर अलीले ९१ रन बनाएका थिए ।
त्यसअघि वेस्ट इन्डिजको टोली पहिलो पालीमा केवल एक सय ४६ रनमा समेटिएको थियो । पहिलो पालीमा वेस्ट इन्डिजका लागि केसी कार्टीले सर्वाधिक ४० रन बनाएका थिए । पहिलो पालीमा बंगलादेशका बलर नाहिद राणाले पाँच विकेट लिएका थिए ।
दोस्रो टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको बंगलादेशले आफ्नो पहिलो पालीमा एक सय ६४ रन बनाएको थियो । पहिलो पालीमा बंगलादेशका लागि सादमन इस्लामले सर्वाधिक ६४ रनको योगदान गरेका थिए ।
दोस्रो टेस्टमा बंगलादेशका तैजुल इस्लाम म्यान अफ दि म्याच घोषित भए । म्यान अफ दि सिरिजको पुरस्कार पनि बंगलादेशकै तास्किन अहमदले पाए । अब बंगलादेश र वेस्ट इन्डिजबिच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण