सीभीललाई कार–टी सेल ल्याब र बीपीलाई बोनम्यारो प्रत्यारोपणमा चिनियाँ सहयोग

काठमाडौँ । चीनले नेपालका दुई अस्पताललाई सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई पक्षीय हस्ताक्षर पत्रमा उल्लेख भएअनुसार नेपालको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा परियोजनालाई गति दिन सहमति भएका हो ।
यस्तै, नेपालको काठमाडौँस्थित निजामती सेवा (सीभील) अस्पताललाई चिनियाँ सहयोगमा नयाँ कार–टी सेल प्रयोगशाला स्थापना गर्न अध्ययन गर्न सहमत भएका हो ।
दुवै पक्षले नेपालका चीन सहायता प्राप्त अस्पतालहरूलाई पूर्ण रूपमा उपयोग गर्ने उल्लेख छ । दुवै पक्ष परम्परागत औषधि सहयोगसम्बन्धी समझदारी नवीकरण गर्न, चीन–नेपाल परम्परागत चिकित्सा सहयोग आयोग स्थापना गर्न समेत सहमति भएको छ ।
यस्तै, नेपालमा निःशुल्क उपचार, कर्मचारी तालिम र चिकित्सा सेवा उपलब्ध गराउन चीन–नेपाल परम्परागत चिनियाँ औषधि केन्द्रलाई सहयोग जारी राख्न सहमत भएको सो हस्ताक्षर पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन