सीभीललाई कार–टी सेल ल्याब र बीपीलाई बोनम्यारो प्रत्यारोपणमा चिनियाँ सहयोग
काठमाडौँ । चीनले नेपालका दुई अस्पताललाई सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई पक्षीय हस्ताक्षर पत्रमा उल्लेख भएअनुसार नेपालको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा परियोजनालाई गति दिन सहमति भएका हो ।
यस्तै, नेपालको काठमाडौँस्थित निजामती सेवा (सीभील) अस्पताललाई चिनियाँ सहयोगमा नयाँ कार–टी सेल प्रयोगशाला स्थापना गर्न अध्ययन गर्न सहमत भएका हो ।
दुवै पक्षले नेपालका चीन सहायता प्राप्त अस्पतालहरूलाई पूर्ण रूपमा उपयोग गर्ने उल्लेख छ । दुवै पक्ष परम्परागत औषधि सहयोगसम्बन्धी समझदारी नवीकरण गर्न, चीन–नेपाल परम्परागत चिकित्सा सहयोग आयोग स्थापना गर्न समेत सहमति भएको छ ।
यस्तै, नेपालमा निःशुल्क उपचार, कर्मचारी तालिम र चिकित्सा सेवा उपलब्ध गराउन चीन–नेपाल परम्परागत चिनियाँ औषधि केन्द्रलाई सहयोग जारी राख्न सहमत भएको सो हस्ताक्षर पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण