डी ब्रुयनासँगको समस्याबारे के भन्छन् ग्वार्डिओला ?
म्यानचेस्टर । म्यानचेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले स्टार मिडफिल्डर केभिन डी ब्रुयनासँग कुनै पनि विवाद नरहेको स्पष्ट पारेका छन् । बेल्जियन खेलाडीलाई उत्कृष्ट लयमा फर्काउन आफू प्रतीक्षारत रहेको ग्वार्डिओलले बताएका हुन् ।
चोटका कारण डी ब्रुयनाले यो सिजन चारवटा प्रिमियिर लिग खेलमा सुरुवात गरेका छन् । आठ हप्ता चोटका कारण मैदान बाहिर रहेर फर्किएपछि उनले पाँच पटक सब्सिटिच्युटका रूपमा ७२ मिनेट मात्र खेलेका छन् ।
आइतबार एनफिल्डमा ०–२ गोलको हार बेहोर्दा ग्वार्डिओलाले डी ब्रुयनालाई खेल सकिन १२ मिनेट बाँकी छँदा मात्र मैदानमा प्रवेश गरेका थिए । त्यसका बाबजुद उक्त खेलमा सबैभन्दा राम्रो गोलको अवसर उनले नै सिर्जना गरेका थिए । उनको प्रहारलाई लिभरपुलका गोलकिपरले विफल बनाएका थिए ।
सो खेलपछि स्काई स्पोर्ट्सका फुटबल पण्डितद्वय जेमी क्यारेगर र ग्यारी नेभिलले ग्वार्डिओलले डी ब्रुयनालाई पछिल्ला खेलहरूमा प्रयोग गरेको विषयमा प्रश्न उठाएका थिए । सिटी पछिल्ला ७ खेलमा जितविहीन रहेको छ । टोलीले यसमध्ये एक खेलमा मात्र बराबरीको नतिजा निकालेको छ ।
प्रिमियर लिगमा नटिङह्याम फरेस्टविरुद्धको खेलअघि ग्वार्डिओलाले दुई पूर्वखेलाडीको नाम नलिई आफ्नो डी ब्रुयनासँग कुनै प्रकारको समस्या नरहेको बताएका थिए ।
‘मानिसहरुले केभिन र मबिच समस्या छ भन्छन्,’ उनले भने, ‘के तपाईंलाई लाग्छ म केभिनबिना खेल्न रुचाउँछु ? केभिन नखेलोस् भन्ने चाहन्छु ? जबकि उनी अन्तिम थर्डमा सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । के म उनलाई प्रयोग गर्न चाहँदिन होला ? नौ वर्षसँगै बिताएपछि उनी र म बिच समस्या होला ? उनले क्लबलाई सबैभन्दा ठुलो सफलता दिलाएका छन् । उनी उत्कृष्ट लयमा फर्किउन् भन्ने म चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण