१ सय ७५ किलोग्राम गाँजासहित दुई जना पक्राउ
बुधबार, १९ मङ्सिर २०८१, १६ : ४४
मकवानपुर । मकवानपुरमा करिब १ सय ७५ किलोग्राम गाँजासहित दुई जना पक्राउ परेका छन् । बुधबार हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाईन्टस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब १ सय ७५ किलोग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका–४ बस्ने २४ वर्षीय सुमन लामा र हेटौँडा उपमहानगरपालिका–११ कालिदमार बस्ने २४ वर्षीय सुशील भोलन रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र. ०३–००१ च १५८४ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा पिकअपको ढालामा खाली क्रेटले छोपी लुकाई छिपाई ल्याएको ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक सुमन र गाडीमा सवार सुशीललाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण