काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक
काठमाडौँ । आगामी मंसिर २२ गतेदेखि हुने काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।
नेपाल भलिबल संघले बुधबार एक कार्यक्रम आयोजना गर्दै काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले उक्त ट्रफी सार्वजनिक गरे । सो अवसरमा सदस्यसचिव घिसिङले काभाजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता घरमै आयोजना गर्न राज्यले कम्तीमा एक प्रतिशत बजेट खेलकुद छुट्याउनुपर्ने बताए । उनले सीमित स्रोतसाधनका बाबजुद भलिबल संघले निरन्तर रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा आयोजना गर्दै सह्रानीय कार्य गरेको उल्लेख गरे ।
उनले नेपाली खेलकुदमा सबैभन्दा बढी प्रतियोगिता गर्ने संघ भएको पनि जिकिर गर्दै संघले उत्कृष्ट काम गरेको भन्दै खुलेर प्रशंसा गरे ।
शनिबारदेखि सुरु हुने च्याम्पियनसिपमा नेपालका दुई क्लबसहित कुल चार राष्ट्रको पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपालको च्याम्पियन हेल्प नेपाल स्पोटर््स क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्दैछन् । आठौँ प्रधानमन्त्री कपको शीर्ष दुई स्थानमा रहँदै हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपको यात्रा तय गरेका हुन् । नेपालको दुई टोलीसहित भारतको क्यालिकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडिसीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको फाइनल मंसिर २९ गते हुनेछ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अहिले क्रिकेटमा सय करोडसम्मको लगानीको व्यवसाय नै बनेको भन्दै अहिले नै क्रिकेट र फुटबलसँग नेपालको भलिबललाई तुलना गर्न नसक्ने बताए । उनले यस च्याम्पियनसिपको बजेट एक करोडको रहेको जानकारी दिए । साथै अध्यक्ष चन्दले एफआइभी विश्व च्याम्पियनसिप नेपालमा आयोजना गर्न सके करोडौँको व्यापार गर्नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण