काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक
काठमाडौँ । आगामी मंसिर २२ गतेदेखि हुने काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ ।
नेपाल भलिबल संघले बुधबार एक कार्यक्रम आयोजना गर्दै काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले उक्त ट्रफी सार्वजनिक गरे । सो अवसरमा सदस्यसचिव घिसिङले काभाजस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता घरमै आयोजना गर्न राज्यले कम्तीमा एक प्रतिशत बजेट खेलकुद छुट्याउनुपर्ने बताए । उनले सीमित स्रोतसाधनका बाबजुद भलिबल संघले निरन्तर रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा आयोजना गर्दै सह्रानीय कार्य गरेको उल्लेख गरे ।
उनले नेपाली खेलकुदमा सबैभन्दा बढी प्रतियोगिता गर्ने संघ भएको पनि जिकिर गर्दै संघले उत्कृष्ट काम गरेको भन्दै खुलेर प्रशंसा गरे ।
शनिबारदेखि सुरु हुने च्याम्पियनसिपमा नेपालका दुई क्लबसहित कुल चार राष्ट्रको पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपालको च्याम्पियन हेल्प नेपाल स्पोटर््स क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्दैछन् । आठौँ प्रधानमन्त्री कपको शीर्ष दुई स्थानमा रहँदै हेल्प नेपाल र गण्डकीले काभा क्लब च्याम्पियनसिपको यात्रा तय गरेका हुन् । नेपालको दुई टोलीसहित भारतको क्यालिकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडिसीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको फाइनल मंसिर २९ गते हुनेछ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अहिले क्रिकेटमा सय करोडसम्मको लगानीको व्यवसाय नै बनेको भन्दै अहिले नै क्रिकेट र फुटबलसँग नेपालको भलिबललाई तुलना गर्न नसक्ने बताए । उनले यस च्याम्पियनसिपको बजेट एक करोडको रहेको जानकारी दिए । साथै अध्यक्ष चन्दले एफआइभी विश्व च्याम्पियनसिप नेपालमा आयोजना गर्न सके करोडौँको व्यापार गर्नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माया प्रीति’बाट फिल्ममा फर्किँदै अभिनेत्री निशा
-
‘एक्टरः टेक वन’ नेपालसँगै विदेशमा पनि प्रदर्शन हुने
-
पर्वत केन्द्रबिन्दु भएर भूकम्प
-
कोशी मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन
-
क्रान्तिको विरासत सम्हाल्न तयार हुँदै नयाँ पुस्ता
-
अखिल क्रान्तिकारीको निर्वाचन : सापकोटालाई समर्थन गर्दै योगेन्द्र बुढाले फिर्ता लिए उम्मेदवारी