म्यानयुको हार यात्रा जारी, आर्सनलले फाइदा उठायो
बिहीबार, २० मङ्सिर २०८१, ०४ : ०९
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको हार यात्रा जारी छ । बुधबार राती म्यानयु आर्सनलसँग २-० ले पराजित हुन पुग्यो । घरेलु मैदानमा आर्सनलाई विजयी गराउन विलियम सलिवा र जरिन टिम्बरले एक–एक गोल गरे । पाहुना टोली म्यानयुले पाएका अवसरहरुको सदुपयोग गर्न सकेन ।
प्रिमियर लिगको यो सिजन म्यानयुको यो पाँचौ हार हो । अहिलेसम्म पाँच खेल मात्रै जितेको उसले ४ खेल बराबरी गरेको छ । १४ खेलबाट १९ अंक बटुलेको म्यानयु अंक तालिकाको ११ औं स्थानमा छ ।
आर्सनले भने २८ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको चेल्सीसँग समान अंक भए पनि गोल संख्याका आधारमा आर्सनल एक स्थान पछि परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण