म्यानयुको हार यात्रा जारी, आर्सनलले फाइदा उठायो
बिहीबार, २० मङ्सिर २०८१, ०४ : ०९
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको हार यात्रा जारी छ । बुधबार राती म्यानयु आर्सनलसँग २-० ले पराजित हुन पुग्यो । घरेलु मैदानमा आर्सनलाई विजयी गराउन विलियम सलिवा र जरिन टिम्बरले एक–एक गोल गरे । पाहुना टोली म्यानयुले पाएका अवसरहरुको सदुपयोग गर्न सकेन ।
प्रिमियर लिगको यो सिजन म्यानयुको यो पाँचौ हार हो । अहिलेसम्म पाँच खेल मात्रै जितेको उसले ४ खेल बराबरी गरेको छ । १४ खेलबाट १९ अंक बटुलेको म्यानयु अंक तालिकाको ११ औं स्थानमा छ ।
आर्सनले भने २८ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको चेल्सीसँग समान अंक भए पनि गोल संख्याका आधारमा आर्सनल एक स्थान पछि परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार