हरभजन सिंह भन्छन्– ‘१० वर्षदेखि महेन्द्रसिंह धोनीसँग मेरो बोलचाल छैन !’
काठमाडौँ । भारतका चर्चित क्रिकेटर हरभजन सिंहले हालै आफ्ना पूर्वसहकर्मी महेन्द्रसिंह धोनीसँग जोडिएको एउटा रहस्य खोलेका छन् । हरभजनले कुनै समय एउटै टोलीबाट खेलेका धोनीसँग आफ्नो बोलचाल नभएको १० वर्षभन्दा पनि लामो समय बितिसकेको बताएका छन् ।
आफ्नो समयका प्रभावशाली स्पिनर हरभजनले सबै पूर्वसहकर्मी र वर्तमान खेलाडीहरुसँग निरन्तर कुराकानी हुने गरे पनि धोनीसँग भने १० वर्षभन्दा लामो समयदेखि कुराकानी नभएको बताएर धेरैलाई आश्चर्यमा पारेका हुन् । कुनै समय हरभजन र धोनीले एकसाथ भारतको राष्ट्रिय टोलीबाट खेल्थे । यसका अतिरिक्त हरभजन र धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) पनि एउटै टोलीबाट खेलेका थिए । यी दुवै खेलाडीले चेन्नई सुपर किङ्सबाट एकसाथ आईपीएल खेलेका हुन् ।
हरभजनले सन् २०१८ र सन् २०१९ मा चेन्नईबाट खेलेका थिए भने धोनी अहिले पनि आईपीएलमा चेन्नईसँगै जोडिएका छन् । धोनीसँग कुराकानी नगर्नुको कुनै ठोस कारण नरहेको पनि हरभजनले बताएका छन् । ‘धोनीसँग मेरो कुराकानी हुँदैन । १० वर्षभन्दा पनि लामो समय बितिसक्यो । उनीसँग कुरा नहुनुको पछाडि मेरोतर्फबाट कुनै ठोस कारण छैन । सायद, कुराकानी नहुनुको पछाडि धोनीसँग कुनै ठोस कारण छ कि !’ सञ्चारमाध्यमसँगको कुराकानीमा हरभजनले भनेका छन् ।
सञ्चारकर्मीले प्रश्न गरे– ‘कुनै विषयलाई लिएर झगडा भएको थियो कि ?’ जवाफमा हरभजन भन्छन्, ‘हामीबिच अहिलेसम्म कुनै विषयमा झगडा भएको छैन । मेरो मनमा उनीप्रति कुनै नराम्रो भावना पनि छैन । सायद, उनको मनमा मप्रति नराम्रो भावना छ कि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण