नागा चैतन्य र शोभिता धुलिपालाले गरे विवाह
मुम्बई । दक्षिण भारतीय (साउथ) अभिनेता नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन् । दुवैले परम्परागत विवाह गरेका हुन् ।
दुवैको विवाह नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा स्थापना गरेको हैदराबादको एउटै अन्नपूर्ण स्टुडियोमा भएको हो । विवाहको तस्बिर चैतन्यका पिता अभिनेता नागार्जुनले सेयर गरेका छन् । सार्वजनिक हुने बितिक्कै तस्बिर भाइरल भएको छ ।

तस्बिरमा चैतन्य सेतो कुर्ता र धोतीमा देखिएका छन्, भने शोभिता सुनको एम्ब्रोइडरी–कञ्जीवरम रेशमी साडी र सुनका गहनामा निकै राम्री देखिएकी छन् ।
‘शोभिता र नागाले सुन्दर अध्याय सुरु गरेको देख्नु मेरो लागि विशेष र भावुक क्षण हो । मेरो प्यारो छोरालाई बधाई छ र प्रिय शोभितालाई परिवारमा स्वागत छ’ तस्बिर सेयर गर्दै नागार्जुनले लेखेका छन् । नागार्जुनले शोभिताले यसअघिनै आफूहरूको जीवनमा धेरै खुसी दिइसकेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण