ट्रम्पले स्पेसवाक गरेका अर्बपति व्यापारी इसाकम्यानलाई बनाए नासा प्रमुख
वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको पहिलोपटक अन्तरिक्षमा घुम्न गएका अर्बपति व्यापारी ज्यारेड इसाकम्यानलाई नासाको भावी प्रमुख मनोनीत गरेका छन् ।
इसाकम्यान र एलन मस्कबिच वित्तीय सम्बन्ध भएकोले ट्रम्पको यो फैसलामाथि प्रश्न उठ्न सक्ने टिप्पणी गर्न थालिएको छ । इसाकम्यान ट्रम्पको निकटतम सल्लाहकारमध्ये एक हुन् ।
यिनी कार्ड प्रोसेसिङ कम्पनी शिफ्ट ४ पेमेन्ट्सका सीईओ र संस्थापक हुन् । सन् २०२१ मा प्रतियोगिताको विजेताको सागमा यिनी अन्तरिक्षको यात्रामा गएका थिए । सेप्टेम्बरमा पनि स्पेस एक्सको यान चढेर उनी अन्तरिक्षमा गएका थिए ।
यस क्रममा उनले स्पेस वाकका बेलामा लगाइने सुटको परीक्षण गर्न अन्तरिक्षमा केही कदम हिँडेका पनि थिए । सिनेटले इसाकम्यानको नियुक्तिलाई अनुमोदन गरिदियो भने उनले वर्तमान नासा प्रमुख ८२ वर्षका बिल नेल्सनको ठाउँ लिनेछन् ।
फ्लोरिडाका पूर्व डेमोक्रेटिक सिनेटर नेल्सनलाई बाइडेनले नासा प्रमुख बनाएका थिए । ट्रम्पले पूर्व सैनिक र इराक युद्धका अनुभवी ड्यानियल पी. ड्रिस्कललाई अमेरिकी सेना मामिलाका मन्त्री मनोनीत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण