पाटन क्याम्पसमा ३० विद्यार्थीको भर्ना रद्द गरेर योग्यताका आधारमा गर्न निर्देशन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्काय डीन कार्यालयले पाटन संयुक्त क्याम्पसका ३० जनाका विद्यार्थीको भर्ना रद्द गर्न निर्देशन दिएको छ । स्नातक तह बीएस्सी सीएसआईटीका ३० जना विद्यार्थीको भर्ना रद्द गर्न निर्देशन दिएको हो ।
योग्यताक्रम (मेरिट) मिटेर खल्तीमा विद्यार्थीलाई भर्ना गरेको पाइएपछि डीन कार्यालयले योग्यताक्रम अनुसार भर्ना गर्न निर्देशन दिएको हो ।
विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर योग्यता मिचेर खल्तीमा विद्यार्थी भर्ना गरेको भन्दै पीडित विद्यार्थीहरूले त्रिविमा उजुरी दिएका थिए ।
सोही आधारमा डीन कार्यालयले समिति बनाएर छानबिन गरेको थियो । छानबिन समितिले योग्यताक्रम मिचेर ३० जना विद्यार्थी भर्ना गरेको प्रतिवेदन बुझाएको थियो । समितिको प्रतिवेदनका आधारमा योग्यताक्रम अनुसार भर्ना गर्न निर्देशनसहित पत्र पठाइएको सहायक डीन डाक्टर खगेश्वर मण्डलले बताए ।
पत्रपछि क्याम्पसले तत्काल मेरिट लिस्ट निकाल्ने जानकारी दिएको मण्डलले बताए । चौथो मेरिट लिस्टसम्म निकालेको पाटन क्याम्पसले पाँचौँ लिस्ट निकाल्न सकेको थिएन । चौथो लिस्टसम्म मेरिटका आधारमा १४ जना विद्यार्थी भर्ना भएका थिए । त्यसपछि ३० जना भने विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर खल्तीमा विद्यार्थी भर्ना गरेका थिए ।
मेरिटको आधारमा भर्ना गरिएका विद्यार्थीको हकमा केही नहुने उनको भनाइ छ ।
चौथो लिस्टमा प्रवेश परीक्षामा उत्तीर्ण भएका एक हजार ७९८ सम्मको नाम छ । त्यसपछि पाचौँ लिस्टमा १७९९ वा १८०० हुनुपर्नेमा ३ हजार, ४ हजार र ६ हजारमा रहेका विद्यार्थीलाई भर्ना गरिएको थियो ।
आफूहरूको सूची नआएपछि पीडित विद्यार्थीहरूले क्याम्पस प्रशासनसँग बुझ्न गएका थिए । क्याम्पस प्रमुख र सीएसआईटी कोर्डिनेटरले विद्यार्थी संगठनहरूले भर्ना गर्न नदिएकाले अन्य क्याम्पसमा जान भनेका थिए । डीन कार्यालयले नियमसंगत ढङ्गले भर्ना गर्न पुरै क्याम्पसलाई सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण