पत्रकार महासङ्घ निर्वाचन : जन्मियो नयाँ मोर्चा
काठमाडौँ । नेपाल पत्रकार महासङ्घका आसन्न निर्वाचनको लागि पत्रकारका सङ्गठनहरूबिच साझेदारीको पहल भइरहेको बेला नयाँ मोर्चा प्रकट भएको छ । पत्रकारिता सम्बद्ध सातवटा सङ्घसंस्थाको भेलाले बिहीबार महासङ्घको यही २०८१ मङ्सिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै क्रियाशील पत्रकारहरूको साझा मोर्चा बनाई मोर्चाको धारणा समेत सार्वजनिक गरिएको छ ।
भेलापछि श्रमजीवी–पत्रकार सङ्घ, नेपाल, प्रेस नेपाल, मिडिया नेपाल, लोकतान्त्रिक पत्रकार मञ्च, कायस्थ पत्रकार समाज, प्रगतिशील पत्रकार मञ्च र सञ्चार क्षेत्र सुधार अभियान्ताले जारी गरेको संयुक्त वक्तव्यमा महासङ्घको निर्वाचनमा सहभागी हुने तीन वटै तहका पदमा मोर्चा सम्बद्ध घटक सङ्गठनहरूले उम्मेदवारी दिने निर्णय गरिएको उल्लेख छ ।
यद्यपि सहमतिको आधारमा नेतृत्व चयन गर्नका लागि मोर्चाले संयोजक योगेन्द्रप्रताप शाहीको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । ‘सबै सरोकारवालाहरूसँग संवाद र सहकार्य गर्ने प्रक्रियामा मोर्चाले सक्रिय भूमिका निर्वाह गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।
मोर्चाले महासङ्घको घोषित निर्वाचन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा र तोकिएको मितिमा नै सम्पन्न हुनुपर्ने धारणा पनि अगाडि सारेको छ । मोर्चाले महासङ्घको निर्वाचनलाई निष्पक्ष, पारदर्शी र श्रमजीवी पत्रकारहरूको अधिकार र मुद्दाहरूको प्रतिनिधित्व गर्ने अवसरका रूपमा उपयोग गर्न सबै पक्षलाई आह्वान पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण