महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो– सरकारले कामको मूल्यांकन गरेन
काठमाडौँ । महिला स्वास्थ्य स्वयंसेविकाले सरकारले स्वास्थ्य स्वयंसेविकाहरूको कामको मूल्यांकन गर्न नसकेको गुनासो गरेका छन् । बिहीबार ललितपुरमा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला स्वयंसेविकाहरूले यस्तो गुनासो गरेका हुन् ।
उनीहरुले महिला स्वयंसेविकाहरू जुनसुकै ठाउँमा हिँड्नलाई तयार रहेको भएपनि सरकारले कामको मूल्यांकन गर्न नसकेको गुनासो गरे ।
आफूहरूको कामको बारेमा सरकारलाई पटकपटक ध्यानाकर्षण गराएपनि अहिलेसम्मका सरकारले चासो नदिएको महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले बताइन् । महिला स्वयंसेविकाहरूले गरेको कामको मूल्यांकन हुनुपर्ने उनले बताइन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले महिला स्वास्थ्य स्वयंसेविकाहरूको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने बताए । उनले महिला स्वयंसेविकाहरूलाई अपग्रेड गरेर प्रणालीमा ल्याउनसके आगामी दिनमा राम्रो हुने बताए । उनले कुन उमेरका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अपग्रेड गर्ने भन्नेबारेमा सरकारले छलफल गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले स्वास्थ्य स्वयंसेविकाले व्यक्तिलाई मात्रै नभई परिवार, समाज र देशलाई नै स्वस्थ बनाउने बताए । उनले सबैको मुख्य काम भनेको नागरिकको सेवा नै भएकाले सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताए ।
महानिर्देशक देवकोटाले संघीयतापछि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई संघ, प्रदेश र स्थानीय तह कतै न कतैबाट प्रोत्साहनका कार्यक्रमहरू गरिरहेको भएपनि समग्र रूपमा सबैलाई सबैको लागि गर्न बाँकी रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण