३ सय ४९ रन बनाएर बरोडाले बनायो टी–२० मा विश्व कीर्तिमान
इन्दौर । बरोडा क्रिकेट टोलीले बिहीबार इतिहास रच्दै टी-२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने विश्व कीर्तिमान बनाएको छ । मध्य प्रदेशको इन्दौरमा भएको सैयद मुश्ताक अली ट्रफीको यस खेलमा बरोडाले सिक्किमविरुद्ध ५ विकेटमा ३४९ रन बनाएको थियो ।
यससँगै बरोडाले अक्टोबरमा टी–२० मा जिम्बाब्वेले बनाएको सर्वाधिक ३४४ रनको कीर्तिमान तोडेको छ । जिम्बाब्वेले गाम्बियाविरुद्ध यो कीर्तिमान बनाएको थियो ।
यसका साथै बरोडाले टी-२० इनिङ्समा सबैभन्दा बढी ३७ छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएको छ । यसअघि यो कीर्तिमान पनि जिम्बाब्वेको नाममा थियो । उसले गाम्बियाविरुद्धको खेलमा २७ छक्का प्रहार गरेको थियो ।
शाश्वत रावत र अभिमन्यु सिंह राजपुतले ९२ रनको ओपनिङ पार्टनरसिप गरे । त्यस्तै भानु पानियाले ५१ बलमा १३४ रन बनाएर अविजित रहे । जसमा पाँच चौका र १५ छक्का सामेल थियो।
जवाफमा सिक्किमको टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण