बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

३ सय ४९ रन बनाएर बरोडाले बनायो टी–२० मा विश्व कीर्तिमान

बिहीबार, २० मङ्सिर २०८१, २० : ५६
बिहीबार, २० मङ्सिर २०८१

इन्दौर । बरोडा क्रिकेट टोलीले बिहीबार इतिहास रच्दै टी-२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने विश्व कीर्तिमान बनाएको छ । मध्य प्रदेशको इन्दौरमा भएको सैयद मुश्ताक अली ट्रफीको यस खेलमा बरोडाले सिक्किमविरुद्ध ५ विकेटमा ३४९ रन बनाएको थियो ।

यससँगै बरोडाले अक्टोबरमा टी–२० मा जिम्बाब्वेले बनाएको सर्वाधिक ३४४ रनको कीर्तिमान तोडेको छ । जिम्बाब्वेले गाम्बियाविरुद्ध यो कीर्तिमान बनाएको थियो ।

यसका साथै बरोडाले टी-२० इनिङ्समा सबैभन्दा बढी ३७ छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएको छ । यसअघि यो कीर्तिमान पनि जिम्बाब्वेको नाममा थियो । उसले गाम्बियाविरुद्धको खेलमा २७ छक्का प्रहार गरेको थियो ।

शाश्वत रावत र अभिमन्यु सिंह राजपुतले ९२ रनको ओपनिङ पार्टनरसिप गरे । त्यस्तै भानु पानियाले ५१ बलमा १३४ रन बनाएर अविजित रहे । जसमा पाँच चौका र १५ छक्का सामेल थियो।

जवाफमा सिक्किमको टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप