कैलारीका वडाध्यक्ष बमसँग स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी
धनगढी । नेपाली कांग्रेसले कैलालीको कैलारी गाउँपालिकाका वडा नं. ७ का वडाध्यक्ष दीपेन्द्र बमसँग स्पष्टीकरण सोध्ने भएको छ । पटक–पटक स्थानीयलाई सार्वजनिक रूपमा गाली गलौच गर्नुका साथै कुटपिट गरेको आरोप खेप्दै आएका बमलाई स्पष्टीकरण सोध्ने भएको हो ।
नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज चौधरीले भने, ‘जनप्रतिनिधि जस्तो सार्वजनिक पद धारणा गरेको व्यक्तिले के गर्न हुन्छ, के गर्न हुँदैन महत्त्वपूर्ण सवाल हो । अस्ति बुधवार बेलुकीको घटना मात्रै होइन, तिहार ताका हसुलिया बजारमा उहाँ संलग्न गतिविधिले स्थानीयलाई पारेको प्रभावबारेको कुरा पनि म कहाँ आएका छन् । अस्तिको घटनाबारे पार्टीले स्पष्टीकरण सोध्छ ।’
कैलारी गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष बम, कांग्रेसकै स्थानीय नेता राजु बराल, पालिका अध्यक्ष राजसमझ चौधरीका स्वकीय सचिव जितेन्द्र चौधरीले स्थानीयलाई कुटपिट गरेको आरोप लागेको हो ।
उनीहरुले बुधवार बेलुकी हसुलिया बजारमा कैलारी गाउँपालिका वडा नंं ५ पवेराका स्थानीय भीष्मराज चौधरीलाई विना कारण गाली गलौच, अभद्र व्यवहारसहित कुटपिट गरेको आरोप लागेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीका प्रदेश समिति सदस्य हुन् ।
चौधरीले बमलगायतका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले ठाडो उजुरी परिसकेपछि आज दुइटै पक्षलाई छलफलको लागि बोलाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा पस्मिना प्रदर्शनी, १७ तस्बिरमा हेर्नुहोस्
-
पद थप्ने होमवर्कमा एमाले, विधान संशोधन गरेर वामदेवलाई वरिष्ठ उपाध्यक्ष !
-
आखेटोपहारसहित दुई जना पक्राउ
-
शिक्षकहरूलाई शिक्षामन्त्रीले भनिन्,– आन्दोलन होइन कक्षामा जानुस्
-
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका
-
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ