आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमबाट

शुक्रबार, २१ मङ्सिर २०८१, १२ : ३६
शुक्रबार, २१ मङ्सिर २०८१

काठमाडौं । ललितपुरको जावलाखेलस्थित चिडियाखानाको प्रवेश शुल्क भुक्तानी अब डिजिटल माध्यमवाट गर्न सकिने भएको छ । 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडसँग सम्झौता भएसँगै जावलाखेल अवलोकन गर्नको लागि आवश्यक प्रवेश शुल्क भुक्तानीको लागि नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको छ । 
जसअनुसार अब अवलोकनकर्ताहरुले आफ्नो मोवाइल बैकिङ्गबाट क्युआर कोड स्क्यानको माध्यमवाट सहज भुक्तानी गरी प्रबेश टिकट प्राप्त गर्न सक्नेछन् ।

नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ताहरुलाई सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्नको लागि अनलाइन टिकट शुल्क भुक्तानीको व्यवस्था गरिएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप