नेपालमा तेलबालीको क्षेत्रफल र उत्पादन बढ्दो
काठमाडौँ । नेपालमा तेलबालीको क्षेत्रफल र उत्पादन बढेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार तीन वर्षयता तेलबालीको क्षेत्रफल र उत्पादन बढ्दै गएको पाइएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएको तेलबाली २ लाख ८७ हजार मेट्रिक टन उत्पादन भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा क्षेत्रफलसँगै बाली उत्पादन पनि बढेको छ । यो वर्ष २ लाख ६० हजार हेक्टर क्षेत्रफलमा तेलबाली खेती गरिएको छ । २ लाख ८७ हजार मेट्रिक टन तेलबाली उत्पादन भएको छ । यो भनेको आर्थिक वर्ष २०७७/०७८ वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा १ हजार हेक्टर क्षेत्रफल बढी र १ हजार मेट्रिक टन उत्पादन बढी हो ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ३ हजार हेक्टर क्षेत्रफल थपिएर ८ हजार मेट्रिक टन तेलबाली उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो वर्ष २ लाख ६३ हजार हेक्टर क्षेत्रफलमा तेलबाली खेती गरिएको थियो । यो वर्ष २ लाख ९५ हजार मेट्रिक टन तेलबाली उत्पादन भएको थियो ।
नेपालमा तेलबालीका रूपमा तोरी बाली, सूर्यामुखी लगायत बालीको खेती गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण