बीआरआईमा ऋण नलिने गरी सम्झौता गरिएको छ : सभापति देउवा
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका हुन् ।
सभापति देउवाले भने, ‘प्रधानमन्त्रीज्यूलाई बधाई छ । ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन।’ उनले संविधान संशोधनको काम अगाडि बढिरहेको जानकारी दिए । सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उनको भनाइ छ ।
गगन थापालाई सभापतिमा उठाउन खोजेको भन्ने प्रश्नमा देउवाले प्रतिक्रिया दिँदै भने, ‘तपाईँहरू जहाँ पायो, त्यहीँ घोषणा गर्नुहुन्छ, त्यसो नगर्नुस् ।’
कांग्रेस इतर समूहले विराटनगरमा भेला गरेको विषयमा देउवाले आफूलाई कुनै जानकारी नभएको बताए । पार्टीको महाधिवेशन समयमै हुने उनको दाबी छ ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि बीआरआई सम्झौतामा कुनै ऋण नभएको पुष्टि गरे । ‘ऋण फाइनान्स भनिएको छ, जसको अर्थ अनुदान हुन सक्छ । सम्झौतामा अनुदानकै लागि विशेष प्रावधान छ, उनले भने । उनले प्रधानमन्त्रीकै विश्वास गरिएको पनि बताए ।
गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ सालसम्मै कायम रहने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण