‘पुष्पराज’ लाई छाडेर यी हिरोसँग मुभी डेटमा गइन् रश्मिका
नयाँदिल्ली । बलिउड अभिनेत्री रश्मिका मन्डना यतिबेला प्रदर्शनरत् फिल्म पुष्पा–२ का कारण चर्चामा छिन् । ‘पुष्पा २ः द रुल’ रिलिजको पहिलो दिनमै कमाईको मामिलामा कयौं रेकर्ड तोडेको छ ।
यसैबिच रश्मिका आफ्नी कथित् प्रेमी विजय देवरकोन्डासँग मुभी डेटमा गएकी छिन् । मुभी डेटको फुटेज भाइरल भएपछि यो जोडीले एक अर्कालाई डेट गरिरहेको अफवाह चर्किएको छ ।
माइक्रोब्लगिङ वेबसाइट एक्समा रश्मिका मन्डन्नाको तस्बिर सार्वजनिक भएको छ । यसमा उनी आफ्नो कथित् प्रेमी विजय देवरकोन्डा, उनकी आमा माधवी देवरकोन्डा र भाइ आनन्द देवरकोन्डासँग सिनेमा हलमा देखिएकी छिन् ।
तस्बिरमा रश्मिकाले स्वेटसर्ट र प्यान्ट लगाएकी देखिएकी छिन् । उनले लगाएको स्वेटसर्ट विजय देवरकोंडाको क्लोदिङ ब्रान्डको थियो । रश्मिका विजयको परिवारका सदस्यहरूसँगै देखिनुले यी दुईको सम्बन्धबारे अड्कलबाजी चर्काएको छ ।
श्रीवल्लीको भूमिकाले चर्चित बनेकी थिइन् रश्मिका
रश्मिकाले पुष्पा–२ मा श्रीवल्लीको भूमिका निभाएकी छिन् । फिल्मको पहिलो भागमा श्रीवल्लीका रुपमा अभिनेत्रीले फ्यानहरूको मन जितेकी छिन् । फिल्मको दोस्रो भागमा पनि फ्यानहरूले अभिनेत्रीको यो भूमिकालाई निकै मन पराइरहेका छन् ।
यो हप्ताको शुरुमा रश्मिकाले ‘पुष्पाः द रुल’ को सेटबाट पर्दा पछाडिका केही तस्बिर इन्स्टाग्राममा शेयर गर्दै अल्लु अर्जुन, निर्देशक सुकुमार, फिल्मको टोली र प्रशंसकहरूप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।
पुष्पा २ सन् २०२१ को प्यान इन्डिया हिट फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल हो । सुकुमारद्वारा निर्देशित यो फिल्म पुष्पराजको जीवनीमा आधारित छ, जसमा अल्लु अर्जुनले भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति