बीआरआई सम्झौतापछि एमालेले बोलायो सचिवालय बैठक
शुक्रबार, २१ मङ्सिर २०८१, १८ : १०
काठमाडौँ । बीआरआई सम्झौतापछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । मंसिर २५ गते दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ ।
मङ्सिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भैसकेको छ । कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगर वडा नम्बर १६ सहित उपनिर्वाचन हुने आधा बढी स्थान जित्ने आन्तरिक विश्लेषण गरे पनि एमालेको उक्त विश्लेषण फेल भएको छ । कीर्तिपुरसहितका स्थानमा पराजित भएपछि निर्वाचन परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुनुपर्ने नेताहरूले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण