शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनपिएलमा को-को भिड्दै छन् आज ?

शनिबार, २२ मङ्सिर २०८१, ०५ : ०९
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । एनपिएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ तालिका छ। 

जारी एनपिएलमा दुवै टोलीका लागि यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेल विराटनगर किङ्ग्ससँग दुई विकेटले हार्दा दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित हुनु परेको थियो । 

सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो । 

यस्तै, आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजेपछि सुरू हुनेछ । 

जारी लिगमा कर्णाली याक्सले तीन खेल खेलेको छ । जसमा दुईवटा गुमाउँदा हुँदा एक खेल जितेको छ । तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप