पल शाह भन्छन्, ‘मेरो बिहेको खबरले म आफै चकित छु’
शनिबार, २२ मङ्सिर २०८१, १० : २६
काठमाडौँ । बिहेको हल्लाबिच अभिनेता पल शाहले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहले खबरमा कुनै सत्यता नरहेको बताएका हुन् ।
शाह र नेकपा एमालेकी विद्यार्थी नेतृबिच विवाह हुने केही दिनदेखि चर्चा चलिरहेको थियो । यसबारे शाहले लेखेका छन्, ‘मेरो बिहेको खबरले म आफै चकित छु । साथी भाइहरूले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरूलाई स्पष्ट होस्, यो खबरमा कुनै सत्यता छैन ।’
पल शाह पछिल्लोपटक चलचित्र रावायणमा देखिएका थिए । तर, चलचित्रले बक्स अफिसमा खासै प्रदर्शन गर्न सकेन । हाल उनी म्युजिक भिडियोहरूमा व्यस्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण