शनिबार, १२ माघ २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ : प्रचण्ड

शनिबार, २२ मङ्सिर २०८१, १४ : ३८
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबिच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । 

उनले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आएपनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए । एकथरि शक्तिमा यो माओवादी र काङ्ग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई राष्ट्रिय समहतिबाटै टुंगोमा पुर्याउनुपर्ने र त्यो अन्तिम चरणमा पुगेको बताए ।

एकता प्रक्रियामा जोडिएका शिक्षकहरुलाई स्वागत गर्दै उनले यसले वृहत एकता र धुवीकरणको बाटो फरालिको बनाउने बताए । आज मात्रै तीन बामपंथी दलसित एकता वार्ता भएको जानकारी दिँदै उनले अब एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको बताए । 

नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरुको ऐतिहासिक भूमिका रहदै आएको बताए । अहिलेसम्म सरकारको नेतृत्व गर्ने धेरै नेताहरु शिक्षक पृष्ठभूमिका धेरै भए पनि शैक्षिक सुधारमा अपेक्षित परिणाम नदेखिनु दुःखद रहेको उनले बताए ।
आफू प्रधानमन्त्री भएको बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसदमा पुर्याएको उल्लेख गर्दै उनले यसलाई पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर सशोधित विधेयक संसदको आउँदो अधिवेशनबाट पारित गर्नुपर्ने बताए । त्यसका लागि शिक्षकहरुले  पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही नै हुने उनले बताए ।  यो विधेयक पारित गराउन आफूले प्रमुख प्रतिपक्षी दलको तर्फबाट पूरै जोड लगाउने उल्लेख गर्दै उनले सदनको बहससङ्गै सडकको आवाज पनि उत्तिकै आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप