निर्माण व्यवसायीको भुक्तानी एक हप्ताभित्र हुन्छ : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौँ रुपियाँ भुक्तानी पाउन सकेका छैनन् । गत आवकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरूको दाबी छ । त्यो अवस्थामा अर्थमन्त्री पौडेलले एक साता भित्र निर्माण व्यवसायीको भुक्तानी फर्छ्यौट हुने बताए ।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासङ्घसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालन : सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।
‘आज शनिबार बिदा भइहाल्यो । तपाईँहरूको भुक्तानी बाँकी कुन कुन मन्त्रालय र निकायमा छ, भोलि आइतबार जानुस्, भोलि नै भुक्तानी हुनेछ । भोलि भएन भने पर्सि (सोमबार) त भुक्तानी हुनेछ । ढिलोमा पनि एक सातामा भुक्तानी हुनेछ । त्यसरी पनि भुक्तानी पाउनु भएन भने म कहाँ आउनुस्, त्यसपछि बसेर छलफल गरी उचित निकास निकाल्नेछौँ,’ उनले भने, ‘तर, बक्यौता कति हो भन्नेमा अन्योल छ । मेरो तथ्याङ्क एउटा छ । तपाईँहरूले भन्ने गरेको बक्यौता रकम फरक छ । बक्यौता कहाँ कति हो, निर्क्योल गर्नूस् । भुक्तानीको समस्या हुँदैन ।’
यस्तै, निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने बताए । निर्माण व्यवसायीले ऋण तिर्नुपर्ने म्याद यही मङ्सिर मसान्तसम्म रहेको छ ।
यस्तै, सरकार र निर्माण व्यवसायीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा पनि स्पष्ट हुनुपर्ने उनले बताए । ‘हामीले एक अर्कालाई दोष दिएर समस्या समाधान हुँदैन । सरकार र निर्माण व्यवसायीको सम्बन्ध राम्रो हुनुपर्छ । हामी नदीका दुई किनारा होइनौ । हामी एउटै डुङ्गामा अघि बढ्नुपर्छ,’ उनले भने, ‘यहाँहरू आफूलाई सरकार भनेर बझ्नुस् । हामी आफूलाई व्यवसायी भनेर सम्झन्छौँ । अनि समस्या समाधान हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण