सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल
पर्वत । पर्वतको मोदी गाउँपालिकामा निर्माण सम्पन्नको सम्झौता मितिभन्दा सात महिनाअगाडि नै मोटरेबल पुलको निर्माण सकिएको छ । मोदी–६ स्थित लिदी खोलामा २ करोड ५३ लाख ३९ हजार रुपैयाँ लागतमा मोटरेबल पुल तयार भएको हो ।
पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै मन्त्री केसीले समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीको प्रशंसा गरे ।
जनताले तिरेको करको पैसा विकासमा सही तरिकाले सदुपयोग भएको भन्दै मन्त्री केसीले खुसी व्यक्त गरे । प्रदेश सरकारले केही गरेन भन्नेहरुका लागि गाउँगाउँमा भइरहेका विकास निर्माणका काम नै जवाफ भएको मन्त्री केसीले बताए ।
पुल निर्माणका लागि कस्तुरी कन्स्ट्रक्सनले २०८१ चैत २१ गते सक्ने गरी २०८० असोज ६ गते पूर्वाधार विकास कार्यालय, पर्वतसँग सम्झौता गरेको थियो । डिमुवा, राम्जा, चित्रे सडकखण्डमा पर्ने पुलको लम्बाइ १५ मिटर छ । यसको भारवहन क्षमता ७० टन रहेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।
यो पुल निर्माण भएपछि मोदी गाउँपालिका–७ राम्जा, वडा नं ८ चित्रे र कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्क र आसपासका गाउँका बासिन्दालाई सहज भएको छ । पुल बन्नुअघि हिउँदमा जसोतसो खोलाबाट नै सवारीसाधन गुड्ने गर्दै आएका थिए । बर्खायाममा निकै सकस र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण