नेपाल प्रिमियर लिग क्रिकेट
जब १ रनले चुक्यो लुम्बिनी, तस्बिरहरू
आइतबार, २३ मङ्सिर २०८१, १२ : ४२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार चौथो जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले आइतबार खेलिएको रोमाञ्चक खेलमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित हासिल गर्यो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको जनकपुर बोल्ट्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रनमात्र बनाउन सक्यो ।
जारी प्रतियोगितामा जनकपुर बोल्ट्सको यो लगातार चौथो जित हो । आठ अंकसहित जनकपुर बोल्ट्स अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । लुम्बिनी लायन्सको भने यो लगातार चौथो हार हो । चौथो हारपछि लुम्बिनी लायन्सको अगाडि बढ्ने सम्भावना पनि क्षीण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना
-
‘संविधानको कमजोरी राजनीतिक हैन विज्ञले खोजेर संशोधन अघि बढ्नुपर्छ’
-
बढुवा भएका दुई एआईजीको पदस्थापन
-
ममता र इन्दुको विस्फोटक ब्याटिङ, कर्णालीसामु विशाल लक्ष्य
-
फिल्म ‘डोरी’को फष्टलुक्स सार्वजनिक
-
संसद्मा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन