सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ रोज्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग क्रिकेटको आइतबार खेलिने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्दैछ । उक्त खेलमा चितवन राइनोजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १३ः १५ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज दुबैले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । सुदूरपश्चिम रोयल्स यसअघि खेलिएको तीनवटै खेलमा विजयी भएको छ । चितवन राइनोजले भने तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।
सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेलमा विटानगर किङ्सलाई ९० रनले हराएको थियो । सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले र तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ।
यसैगरी, चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो । चितवन राइनोजले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने चितवन राइनोज कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो ।
त्यसैले आइतबारको खेलमा सुदूरपश्चिम रोयल्स लगातार चौथो जितको खोजिमा हुनेछ । अर्कोतिर, चितवन राइनोज भने तेस्रो जित हात पार्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउने उद्देश्यसहित मैदानमा ओर्लने छ ।
चितवन राइनोजका कप्तान कुशल मल्ल हुन् । राष्ट्रिय टोलीका प्रभावशाली सदस्यसमेत रहेका कुशल मल्ल टोलीका मार्की खेलाडी पनि हुन् । सुदूरपश्चिम रोयल्सको कप्तान पनि दीपेन्द्रसिंह ऐरी हुन् । राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्र टोलीका मार्की खेलाडी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण