अमेरिकी सहायक विदेशी मन्त्रीले पूर्वप्रधानमन्त्रीहरुलाई भेट्दै
काठमाडौँ । दुई दिने नेपालमा भ्रमणमा आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज पूर्वप्रधानमन्त्रीहरूलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । मध्य तथा दक्षिण एसिया मामिला हेर्न सहायक विदेश मन्त्री लुले आज २ बजे कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटदैछन् भने ३ बजे माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई भेट्दैछन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लु पूर्व प्रधानमन्त्री प्रचण्डलाई भेटेर पाँच बजे भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्न जाने कार्यक्रम रहेको छ । अवलोकनपछि उनी साँझ द्वारिका होटेलमा फर्किने कार्यक्रम रहेको बताइएको छ ।
भोलि उनको प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेटघाटको कार्यक्रम रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाट कार्यक्रम भने पौडेल अस्वस्थ्य रहेका कारण स्थगित गरिएको बताइएको छ ।
सहायक विदेशमन्त्री लु श्रीलङ्का एयरलाइन्सको युएल १८१ नम्बरको उडानबाट ११ः३० बजे नेपाल आइपुगेका हुन् । उनले अहिले द्वारिका होटेलमा नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूसँग छलफल गरिरहेको स्रोतले जनाएको छ ।
नेपालमा बीआरआईको विवाद चलिरहेको बेला सहायक विदेश मन्त्री लुको भ्रमण भएको हो । उनले यसअघि पनि पटक पटक नेपाल भ्रमण गरिसकेका छन् । यसअघि उनी गत वर्ष असार २९ गते नेपाल भ्रमणमा आएका थिए । भ्रमणको क्रममा त्यतिबेला उनले तत्कालीन प्रधानमन्त्री प्रचण्डलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए ।
त्यतिबेला पनि उनी भारत, बङ्गलादेश, श्रीलङ्काको भ्रमणमा निस्केका थिए । सोही क्रममा उनी नेपाल आएका थिए । यसपटक पनि उनी श्रीलंका र भारतको भ्रमण सकाएर नेपाल आएका हुन् । नेपालका लागि उनको यो चौथो भ्रमण हो । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए । त्यसबेला एसपीपीको विवाद संसदमा चलिरहेको थियो । उनले त्यतिबेला सो समाधानका लागि शीर्ष नेताहरूलाई भेटेका थिए ।
त्यसपछि उनी दोस्रो पटक २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला पनि एसपीपीको विवाद संसदमा चलिरहेको थियो । तत्कालीन सरकार एसपीपीको पक्षमा थिएन । त्यसका लागि उनले पटक–पटक नेपाल भ्रमण गरेर नेताहरूलाई दबाब दिएका थिए । भ्रमणमा नआउँदा पनि नेपालका शीर्ष नेताहरूसँग उनले पटक–पटक फोन संवाद गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण