लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवाका लागि छुट्टै अपरेसन थिएटर
आइतबार, २३ मङ्सिर २०८१, १९ : ०३
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूति सेवाका लागि छुट्टै अपरेसन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालले ८ बेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालनमा ल्याएको हो ।
योसँगै अब हप्ताको सातै दिन प्रसूति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए ।
सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेसन तथा २ वटा मेजर अपरेसन रुम रहेको ढकालले जानकारी दिए । छुट्टै थिएटर सञ्चालनसँगै प्रसूति सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण