सिमेन्टको मूल्य वृद्धिबारे मन्त्रालयमा छलफल
काठमाडौँ । सरकारले सिमेन्टको मूल्य वृद्धि गरेकोबारे उद्योगीहरूसँग छलफल गरेको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा उद्योगीहरूसँग छलफल भएको उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले रातोपाटीलाई बताए ।
महानिर्देशक पौडेलकाअनुसार छलफलमा उद्योग मन्त्रालय, विभागका कर्मचारी र सिमेन्ट उद्योगीहरू सहभागी रहेको थियो । छलफलका क्रममा उद्योगीहरूले विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेका कारण सिमेन्टको मूल्य वृद्धि गरेको बताएका छन् ।
‘मन्त्रालयमा भएको छलफलमा उहाँहरूको कुरा सुनियो । विगतमा कम मूल्यमा कारोबार गर्र्यौं । लामो अवधिसम्म मूल्य वृद्धि गरेका थिएनौँ,’महानिर्देशक पौडेलले भने,‘विद्युत् कटौती भएका कारण उत्पादनमा कमी आएको र साथै सिमेन्ट उत्पादन लागत बढेका कारण मूल्य वृद्धि गरेको बताउनु भएको छ ।’
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कुनै पनि वस्तुको मूल्य उत्पादन लागत, ढुवानी खर्च र तोकिए बमोजिम नाफालाई जोडेर लिन सक्ने व्यवस्था रहेको छ । तर उद्योगीहरूले सिमेन्टमा प्रतिबोरा ४० रुपैयाँदेखि १५० रुपैयाँसम्म मूल्य वृद्धि गरेको पौडेलको भनाइ छ ।
त्यसकारण उत्पादन लागत मूल्य के कति लागेको सो विवरण लिएर सात दिनभित्र उपस्थित हुन मन्त्रालयले निर्देशन दिइएको छ ।
त्यसैगरी सरकारी सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गरेको भेटिएको छ । सरकारी सिमेन्ट उद्योगबाट उत्पादन हुने सिमेन्टको मूल्य सरकारले निर्धारण गरिदिएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण