राष्ट्र संघद्वारा डिसेम्बर २१ लाई विश्व ध्यान दिवस रूपमा मान्यता
काठमाडौँ । संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस रूपमा मान्यता दिएको छ ।
जीवन विज्ञान प्रतिष्ठानले डिसेम्बर २१ ले विश्व ध्यान दिवस रूपमा मान्यता पाउनुले पूर्वीय दर्शन र संस्कृतिको गौरव विश्वभरि फैलिएको टिप्पणी गरेको छ ।
‘संयुक्त राष्ट्र संघद्वारा डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मान्यता प्रदान गरिएको समाचारले सम्पूर्ण मानव समाजमा एक नवीन चेतना जागरण गराएको छ’, जीवन विज्ञानले भनेको छ, ‘नेपाल लगायत विभिन्न राष्ट्रहरूको सामूहिक प्रयास र जीवन विज्ञान प्रतिष्ठानजस्ता संस्थाहरूको अथक साधना यस उपलब्धिको आधारशिला बनेको छ। यस पवित्र घोषणाको हामी हृदयदेखि स्वागत गर्दछौँ।’
ध्यानलाई शुद्धतम रूपमा विश्वभरि प्रचारप्रसार गरी मानव कल्याण, शान्ति, र आरोग्यको उज्यालो वातावरण निर्माण गर्ने यो महाअभियानमा समर्पित सम्पूर्ण साधक र संस्थाहरूप्रति जीवन विज्ञानले नमन अर्पण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण