स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी
काठमाडौं । के । एल। दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यो टिभीको मोटाइ जम्म ३.६ एमएम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । ओएलईडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलईडी टिभीभन्दा निकै राम्रो रहेको छ । साथै यो टिभीमा जेबीएल साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा २० लाख भन्दा माथि पर्ने कम्पनिले जनाएको छ ।
सोही कार्यक्रममा स्काईवर्थको गुगल एन्ड्रोइड टीभी र मल्ट्री फङ्सनल टी टेवल पनि सार्वजनिक गरिएको थियो । गुगल एन्ड्रोइड टीभीमा भोइस कमाण्डबाटनै आङ्खनो इच्छा अनुसारको कार्यक्रम हेर्न सकिने र मोबाइल जस्तै गुगल प्लेस्टोरमा गएर आङ्खनो चाहना अनुसारको एप्लिकेसन डाउनलोड गर्न सकिने स्मार्ट प्रविधि छ ।
युरोप, एसिया, अफ्रिका तथा अमेरिकाको बजारमा राम्रो सफलता हांसिल गरिसकेको यस स्काईवर्थ कम्पनीको टिभी तथा होम एप्लाइन्सेस राम्रो गुणस्तरको र किफायती मूल्यमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । साथै स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्र्तगत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण