‘पुष्पा २ : द रुल’ ले तोड्यो जवान र एनिमलको कीर्तिमान
मुम्बई । डिसेम्बर ५ मा रिलिज भएको अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर फिल्म ‘पुष्पा २ : द रुल’ ले लगातार बक्स अफिसमा नयाँ रेकर्ड कायम गरिरहेको छ । फिल्मले हिन्दी भाषामा तेस्रो दिन २०५ करोड भारतीय रुपैयाँ कमाएर शाहरुख खानको फिल्म जवान र एनिमलको रेकर्ड तोडेको छ ।
अब यो फिल्म हिन्दी भारतमा तेस्रो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । जहाँ सबै ६ भाषामा फिल्मले तेस्रो दिन भारतमा ३८७.९५ करोड र विश्वभर ५९८.९० करोड भारु कमाएको छ ।
हालै व्यापार विज्ञ तरण आदर्शले फिल्मको तेस्रो दिनको कलेक्शन (हिन्दी) सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘पहिले ३ दिन, पुष्प २ फेरि अग्रस्थानमा छ ।’
पहिलो तीन दिनमा हिन्दी बेल्टमा २ सय ५ करोड कमाएर चलचित्रले १८० करोड कमाउने शाहरुखको जवानको कीर्तिमान तोडेको छ । यसपछि रणवीर कपूर स्टारर फिल्म एनिमलले तीन दिनमा १७६.८५ करोड कमाएको थियो । शाहरुखकै फिल्म पठानले ३ दिनमा १६१ करोड कमाएको थियो ।
तीन दिनमा हिन्दीमा सबैभन्दा धेरै कमाउने शीर्ष १० चलचित्रहरू-
- पुष्प २ (हिन्दी) – २०५ करोड
- जवान - १८०.४५ करोड
- एनिमल- १७६.५८ करोड
- पठान - १६१ करोड
- टाइगर ३ - १४४.५० करोड
- केजीएफ २ (हिन्दी) - १४३.६४ करोड
- स्त्री २- १३६.४० करोड
- गदर २- १३४.८८ करोड
- बाहुबली २ (हिन्दी) – १२८ करोड
- सञ्जु - १२०.०६ करोड
बक्स अफिस कलेक्सन ट्र्याकिङ वेबसाइट Sacnilk.com को रिपोर्ट अनुसार फिल्मले तेस्रो दिन भारतमा सबै ६ भाषामा ३८७.९५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । आइतबार फिल्मले करिब १५० करोड कमाइ गरेको अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण