रोकिएन ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन
काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन निरन्तर रहेको छ । निर्माताले सोमबारबाट फिल्म उतार्ने भन्दै विज्ञप्ति जारी गरेपनि फिल्मको प्रदर्शनमा वितरकले निरन्तरता दिएका हुन् ।
निर्माताले कागज गरेर वितरकलाई जिम्मा दिएपछि प्रदर्शन जारी राख्ने कि नराख्ने भन्ने विषय वितरकको भएको वितरक प्रचण्डमान श्रेष्ठले बताए । ‘पूर्णबहादुरको सारङ्गी’ निर्माता र वितरकबिच भएको सहमतिपत्रको दुई नम्बर बुँदाले वितरकलाई फिल्मको प्रदर्शन जारी राख्न अधिकार दिएको छ’, वितरक श्रेष्ठले भने, ‘हामीले प्रदर्शन निरन्तर राख्न हललाई भनेका हौँ ।’
वितरकले हललाई प्रदर्शनका लागि निरन्तरता दिन भनेपछि निर्माण संस्था सेभेन सिज सिनेमाले पनि वितरकसँग छलफल गर्दै फिल्मलाई निरन्तरता दिन सहमति भएको छ । सेभेन सिज सिनेमाले सोमबार बिहानै एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन निरन्तर रहने जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण