पुष्पा २ को स्क्रिनिङमा महिला मृत्यु प्रकरण, ३ जना पक्राउ
नयाँदिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘पुष्पा २’ को प्रिमियरमा भागदौडका क्रममा एक महिलाको मृत्यु भएको मामिलामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेका छन् ।
पक्राउको पुष्टि चिक्कडपल्लीका एसीपी एल. रमेश कुमारकले भिडियो शेयर गरेका गरेका छन् । भिडियोमा उनले भनेका छन्– ‘आज जाँचका क्रममा यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अदालतमा पेश गरेका छौँ । यिनीहरूलाई न्यायिक हिरासतमा पनि पठाइएको छ । यसैबिच, घाइते बालक निको भइरहेका छन् ।’
जानकारीअनुसार घटनापछि मृतकका परिवारले प्रहरीमा उजुरी दिएका थिए । तीनै जनाविरुद्ध भारतीय न्याय संहिता ऐनको धारा १०५ र ११८ (१) र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटनामा घाइते भएका ९ वर्षीय बालक श्रीतेजको स्वास्थ्यमा सुधार भइरहेको भनिएको छ ।
के थियो घटना ?
गएको बुधबार राति हैदरावादको सन्ध्या थिएटर पुष्पा २ को विशेष प्रिमियर थियो । यस कार्यक्रममा फिल्मका मुख्य अभिनेता अल्लु अर्जुन पनि पुगेका थिए । हलबाहिर उनलाई हेर्न भीड जम्मा भएको थियो ।
एक्कासी भागदौड मच्चिँदा रेवती नाम गरेकी एक महिलाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । घाइते हुनेमा रेवतीको ९ वर्षीय छोरा श्रेतेज पनि थिए ।
आफ्नो श्रीमती र छोराको अवस्थाको जिम्मेवार अभिनेता अल्लु अर्जुन भएको मृतक महिलाका पतिको भनाइ छ । अभिनेताको टिमले उनी थिएटरमा आउन लागेको कुरा प्रहरीलाई भनेको भए यति ठूलो घटना हुने थिएन भन्ने उनको तर्क छ ।
यो घटनापछि अल्लु अर्जुनले आफ्नो एक्स ह्यान्डलमा भिडियो शेयर गर्दै मृतक महिलाको परिवारलाई २५ लाख भारु सहयोग गर्ने घोषणा गरेका छन् ।
‘सन्ध्या थिएटरमा भएको दुःखद घटनाबाट म निकै आहत भएको छु । यस दुःखद घडीमा मृतकको परिवारप्रति मेरोे समवेदना छ । पीडाको यस क्षणमा उनीहरूलाई एक्लै छैनन् भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु । मृतकका परिवारलाई व्यक्तिगत रूपमा भेट्ने छु । यो कठिन घडीमा उहाँहरुलाई सक्दो सहयोग गर्न म तयार छु’ घटनापछि अभिनेताले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण