प्रत्येक नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव
झापा । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने नेपाल सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
आज खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर एवं बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको बेलडाँगी खानेपानी आयोजना दमक झापाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।
“सबैमा खानेपानी र सरसफाईको पहुँच पुग्ने गरि कार्य योजना तयार गरिरहेका छौँ,” मन्त्री यादवले भने, “सरकारले सन् २०३० सम्म प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन संविधान प्रदत्त मौलिक हक प्राप्ति र दीगो विकासको लक्ष्यसँग गासिएको छ ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्ने समस्या विकराल रुपमा बढेको बताउनु हुँदै बिशेष गरी तराईमा भुमिगत पानीको सतह घट्दै गएकोले निकै समस्या भोग्नु परेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण