सूर्य नेपाल काठमाडौँ ओपन गल्फ मंगलबारदेखि
काठमाडौँ । सूर्य नेपाल काठमाडौँ ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । प्रतियोगिताको काठमाडौँस्थित रोयल नेपाल गल्फ क्लबमा हुनेछ ।
सूर्य नेपाल गल्फ टुर सन् २०२४–२५ अन्तर्गतको यो दोस्रो प्रतियोगिता हो । शुक्रबारसम्म चल्ने उक्त प्रतियोगिता ७२ होलको हुने जानकारी सोमबार आयोजित पत्रकारसम्मेलनमा दिइयो ।
प्रतियोगितामा ३२ ब्यवसायिक र १२ जना एमेच्योर खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख ३५ हजार पाँच सय रुपैयाँ रहेको छ ।
प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । प्रतियोगितामा उप–विजेता बन्ने खेलाडीले पनि ८५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।
यसैगरी, तेस्रो स्थान हासिल गर्ने खेलाडीले ६८ हजार, चौथो स्थानमा रहने खेलाडीले ५५ हजार र पाँचौँ स्थानमा आउने खेलाडीले ४८ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।
निरज तामाङ प्रतियोगिताको साविक विजेता हुन् । उनी यसपटक पनि उपाधि जोगाउने अभियानमा रहने छन् । यसका अतिरिक्त नेपालका नम्बर एक गल्फर भुवन नगरकोटी पनि सहभागी हुनेछन् ।
यसैगरी, रवि खड्का, दिनेश प्रजापति लगायतका खेलाडीले पनि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाल प्रोफेसनल गल्सर्फ एसोसिएसन तथा रोयल नेपाल गल्फ क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठले खेलाडीहरुको स्तर अभिबृद्धिमा प्रतियोगिता उपयोगी सिद्ध हुने विश्वास ब्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण