इभेन्टको नाममा बोलाएर कमेडियनको अपहरण
नयाँ दिल्ली । केही दिन अघि भारतीय अभिनेता तथा कमेडियन सुनिल पाल अपहरणमा परे । अपहरणकारीले एउटा कार्यक्रमको बहानामा मुम्बईबाट उनलाई मेरठ बोलाएका थिए । योजनाअनुसार अपहरणकारीले अग्रिम रकम दिएर हवाई टिकट पनि बुक गरे । तर ८ लाख फिरौती दिएपछि मात्र मुक्त भएको उनले आफ्ना फ्यान र मिडियालाई बताएका छन् ।
सुनिल पाललाई १५ दिनअघि अमित नामका व्यक्तिको फोन आएको थियो । उनले आफूलाई एउटा इभेन्ट कम्पनीको मालिकको रूपमा चिनाउँदै हरिद्वारको पाँचतारे होटेलमा जन्मदिनको पार्टी आयोजना गर्न चाहने बताए । डिल कन्फर्म गर्न आरोपीले सुनिल पालको खातामा पैसा पनि ट्रान्सफर गरिदिए । सुनिल पाल २ डिसेम्बरमा दिल्ली पुगे । त्यहीँबाट इभेन्ट कम्पनीको गाडीमा हरिद्वार गए । बाटोमा हाइवेमा खानका लागि गाडी रोकियो ।
विषालु सुई लगाएर बोरामा फालिदिने धम्की
हाइवेमा खाना खाएर सुनिल पाल कारतर्फ बढिरहँदा तीन जना फ्यानजस्तै फोटो खिच्नका लागि आए अनि उनलाई एउटा कारभित्र धकेले । आरोपीहरूले उनको मोबाइल खोसे । आँखामा पट्टी बाँधेर कारको पछाडि सुत्न भने । कसैले देखे वा हल्ला गरेमा गोली हान्ने धम्की उनलाई दिइयो । अभियुक्तले करिब एक घण्टा गाडी चलाएर एउटा घरको दोस्रो तल्लामा लगे । त्यहाँ धेरै मानिसहरू थिए । सुनिल पाललाई विषालु सुई लगाएर बोरा कोचेर फ्याँकिदिने धम्की दिइएको थियो ।
अपहरणकारीले २० लाख फिरौती मागे । त्यति ठुलो रकम मिलाउन सकिन्न भन्ने बताएपछि बिहान अपहरणकारीहरूले १० लाख मागे । श्रीमतीसँग पैसा माग्दा उनलाई चिन्ता हुन्छ भनेर सुनिलले साथीहरूलाई फोन गरेर पैसा मागे । साथीहरूले ८ लाख भारुको जोहो गरिदिए । अपहरणकारीहरूले मुम्बई फर्कन आफूलाई २० हजार रुपैयाँ पनि दिएको सुनिल पालले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण