नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने नेपाली पक्राउ
सोमबार, २४ मङ्सिर २०८१, १७ : २७
काठमाडौँ । नक्कली भारतीय आधार कार्ड बनाई क्यासिनोमा जुवा खेल्ने नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर १ का विशाल बर्तौला रहेका छन् ।
उपत्यकाका विभिन्न स्थानमा रहेको क्यासिनोहरूमा नेपाली व्यक्तिहरूले नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड बनाई प्रवेश गरी जुवा खेल्ने गरेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई ठमेल स्थित छाया सेन्टरमा रहेको क्यासिनोबाट पक्राउ गरेको हो ।
उनले क्यासिनो प्रवेश गरी जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा नक्कली भारतीय आधार कार्ड तथा भोटर कार्ड समेत बनाएको पाइएको भन्दै प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण