आइतबार, १३ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इंग्लिश प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी

मङ्गलबार, २५ मङ्सिर २०८१, ०४ : १७
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी भएको छ । सोमबार राती घरेलु मैदानमा भएको खेलमा वेष्टह्यामले वुल्भ्सलाई २-१ गोल अन्तरले हराएको हो । 

वेष्टह्यालाई जिताउन ज्यारोड बोवेनको गोल निर्णायक बन्यो । लागि ७२ औं मिनेटमा गोल गर्दै उनले वेष्टह्यामको जित सुनिश्चित गरेका हुन् । त्यसअघि ५४ औं मिनेटमा थोमस सौसेकले टोलीलाई अग्रता दिलाएकामा ६९ औं मिनेटमा वुल्भ्सका म्याट डोहर्टीले गोल गर्र्दै १-१ को बराबरी गरेका थिए । 

जितसँगै वेष्टह्यामले अंक तालिकामा केही सुधार गरेको छ । १५ खेलबाट १८ अंक जोडेको वेष्टह्याम १४ औं स्थानमा छ भने हारको सामना गरेको वुल्भ्स रेलिगेशनमा झोंसिएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप