ला लिगामा गेटाफे विजयी, स्पानियोल झर्यो रेलिगेशनमा
मङ्गलबार, २५ मङ्सिर २०८१, ०४ : ३४

काठमाडौं । स्पेसिस ला लिगामा गेटाफे विजयी भएको छ । ला लिगा अन्तर्गत सोमबार राती भएको खेलमा घरेलु टोली गेटाफेले स्पानियोललाई १-० ले हराएको हो ।
गेटोफेलाई जिताउन अग्रपंक्तिका खेलाडी अल्भारो रोड्रिग्वेजले सुरुवाती आठौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै गेटाफेले हार सुधार गरेको छ । ला लिगाको यो सिजन गेटाफेको यो बल्ल तेस्रो जित हो ।
६ खेल हार्दा गेटाफेले ७ खेल भने बराबरी गरेको छ । अंक तालिकाको १५ औं स्थानमा रहेको उसको जम्मा १६ अंक भएको छ । स्पानियोल भने हारसँगै रेलिगेशन क्षेत्रमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप